साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले वृद्धि-Sutra News

साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले वृद्धि

बिहिबार, २१ मंसिर २०८०

बिहिबार, २१ मंसिर २०८०

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजार बढेको छ । बिहीबार नेप्से परिसूचक ११.७३ अंकले बढेको हो ।



आज शेयर बजार वृद्धि भएसँगै १८५२.७७ बिन्दुमा पुगेको छ । आज कूल ९५ लाख पाँच हजार ६०८ कित्ता शेयर खरिद बिक्री हुँदा दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ ।

आज त्रिशुली जलविद्युत कम्पनी लिमिटेड, समाज लघुवित्त वित्तीय संस्थालगायत कम्पनीमा लगानीकर्ताले सर्वाधिक नाफा कमाए । त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर लिमिटेडमा सर्वाधिक गिरावट भएको छ ।

कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर शेयर ८६ करोड ८३ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट