आमा बुवासहित ६ जनाको हत्या गर्ने अभियुक्त पक्राउ-Sutra News

आमा बुवासहित ६ जनाको हत्या गर्ने अभियुक्त पक्राउ

बिहिबार, २१ मंसिर २०८०

बिहिबार, २१ मंसिर २०८०

काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिलाई आफ्ना आमा बुवा र अन्य चार व्यक्तिको हत्या आरोपमा पक्राउ गरिएको छ ।



३४ वर्षीय शेन जेम्स जुनियर नामका ती व्यक्तिले सोमबार राति १० बजेतिर क्यालिबर ह्याण्डगनले आफ्ना आमाबुबालाई गोली हानेको आशंका गरिएको छ । जेम्सलाई मानसिक स्वास्थ्य समस्या रहेको र घरेलु हिंसाको घटनापछि सेनाबाट हटाइएको जनाकारीमा आएको छ ।

मंगलबार सान एन्टोनियोबाट करिब ८० माइल (१२९ किलोमिटर) टाढा अष्टिनका विभिन्न स्थानमा अन्य चार जना व्यक्तिको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

अष्टिन प्रहरी प्रमुख रोबिन हेण्डरसनले बुधबार पत्रकारलाई बताएअनुसार पक्राउ गर्ने क्रममा अभियुक्तले प्रहरीमाथि पनि गोली चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट