काठमाडौं । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिद बिक्रीमा रहस्य भएको बताएका छन् ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बुझाएको ज्ञापन पत्र बुझ्दै सभामुख घिमिरेले एनसेलको सेयर खरिद बिक्रीबारे अनुसन्धान गर्नु पर्ने धारणा राखे ।
‘एनसेलको शेयर खरिद बिक्री प्रकरण रहस्य र अध्ययन अनुसन्धान गर्नै पर्ने रुपमा बाहिर आइरहेको छ,’ उनले भने, ‘जसरी अरुको चासो गइरहेको छ, संसदमा पनि त्यत्तिकै चासो र जिम्मेवारी छ ।’
यस क्रममा सभामुख घिमिरेले अनेरास्ववियुले शेयर खरिद बिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको विरोधमा भौतिक क्षति नगरी आन्दोलन गर्न सुझाव दिएका छन् ।