यू १९ एसिया कप : नेपालले पाकिस्तानसँग खेल्दै-Sutra News

यू १९ एसिया कप : नेपालले पाकिस्तानसँग खेल्दै

शुक्रबार, २२ मंसिर २०८०

शुक्रबार, २२ मंसिर २०८०

काठमाडौं । यू १९ एसिया कप क्रिकेट शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (दुबई)मा सुरू हुँदै छ ।



८ देश सहभागी यू १९ एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्ने छ । बिहान सवा ११ बजे दुबईको आइसीसी एकेडेमी ओभल २ मा नेपाल पाकिस्तानविरूद्ध खेल्न लागेको हो ।

समूह ‘ए’मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’मा युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् ।

यू–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण छ।

नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ ।

समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्ने छन् भने फाइनल पुस १ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट