काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।
आगामी माघ ११ गते बिहीबार सम्पन्न हुने निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम राजनीतिक दल दर्ता गर्नेसम्बन्धी सूचना जारी गरिएको हो ।
राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने पार्टीले आइतबारसम्म निर्वाचन आयोगमा दल दर्ता गर्नु पर्ने छ ।
‘नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूलाई माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन संवत् २०८० साल मंसिर २४ गतेदेखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची– १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंमा निवेदन दिन यो सूचना गरिएको छ,’ निर्वाचन आयोगले जारी गरेको सूचनामा भनिएको छ ।