काठमाडौं । धनसार बचत तथा ऋण सहकारी संस्था लि., बिजुलीबजार, काठमाडौंको हालै सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरेको छ ।
नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न सो साधारण सभाले कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन, आ.व. २०७९/०८० को प्रतिवेदन अनुमानित बजेट सम्बन्ध हुँदै लेखा सुपरिवेक्षण समिति प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन समेत साधारण सभामा पारित भएको छ ।
आ.व. २०८०/०८१ को लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध लगायत विषयहरु साधारण सभामा पारित भएको छ ।
चालु आ.व. मा संस्थाको शेयरपूँजी १ करोड ९ लाख २० हजार रुपैयाँको भएको छ भने बचत ११ करोड २४ लाख ६० हजार ८ सय ५ रुपैयाँ ९१ पैसाको भएको सो सहकारीले अन्य विविध करोवार गरि चालु आ.व.मा १४ करोड ५५ लाख ८७ हजार ५ सय २४ रुपैयाँ ९६ पैसाको कूल कारोबार गर्न सफल भएको छ ।
विविध कार्यक्रम गर्दै साधारण सभा संस्थाका अध्यक्ष टंकलाल श्रेष्ठको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।