नेपाल प्रिन्टर्स सहकारीको सत्ताइसौं वार्षिक साधारण सभा सम्पन्न-Sutra News

नेपाल प्रिन्टर्स सहकारीको सत्ताइसौं वार्षिक साधारण सभा सम्पन्न

बिहिबार, २१ मंसिर २०८०

बिहिबार, २१ मंसिर २०८०

काठमाडौं । हालै सम्पन्न (एनपिटिसी लि.) नेपाल प्रिन्टर्स एण्ड ट्रेडर्स सहकारी लि., सरस्वतीनगर, चावहिल, काठमाडौंको सत्ताइसौं वार्षिक साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।



साधारण सभाले कार्यकारी संचालकद्वारा प्रस्तुत आ.व. २०८०/०८१ को संस्थाको नीति तथा कार्यक्रम, लेखा परिक्षकको प्रतिवेदन आ.व. २०७९/०८० तथा आ.व. २०८०/०८१ को लेखा परिक्षक नियक्ती तथा निजको पारिश्रमिक तोक्ने निर्णय समेत पारित गरेको छ ।

अन्य विविध विषयहरु समेत पारित गरि सम्पन्न भएको सो साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व.मा संस्थाको शेयरपूँजी ३ करोड २० लाख ४१ हजार रुपैयाँको भएको छ भने संचित नाफा/नोक्सान १ करोड ७९ लाख ७ हजार ३ सय ४४ रुपैयाँ ५५ पैसाको भएको छ ।

त्यसैगरि संस्थाको निक्षेप दायित्व २७ करोड ५३ लाख २ हजार ६ सय ५६ रुपैयाँ ८१ पैसाको भएको सो सहकारीको अन्य विविध कारोबार गरि चालु आ.व.मा कूल कारोबार ४१ करोड ३७ लाख ४२ हजार ६ सय १२ रुपैयाँ २ पैसाको भएको छ ।

साधारण सभाले आगामी कार्यकालको लागि पुनः संचालक समितिको अध्यक्षमा हरिप्रसाद दाहाललाई चयन गरेको छ भने विविध कार्यक्रम गरि एनपिटिसी लि. को उनन्तीसौं वार्षिकोत्सव समारोह समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट