काठमाडौं । एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको हो ।
प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह ‘ए’मा नेपालसहित भारत र अफगानिस्तान पनि छन् ।
नेपालले आफ्नो दोस्रो खेल आइतबार अफगानिस्तानसँग खेल्नेछ । तेस्रो खेल भारतसँग आगामी मंगलबार खेल्ने छ ।