राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेको नेतृत्व चाहिन्छ : अध्यक्ष ओली-Sutra News

राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेको नेतृत्व चाहिन्छ : अध्यक्ष ओली

शुक्रबार, २२ मंसिर २०८०

शुक्रबार, २२ मंसिर २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय आकांक्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताएका छन् ।



पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत शुक्रबार पोखरा महानगर २७ तालचोकमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गरे ।

अध्यक्ष ओलीले अहिले एमाले ‘मिसन-८४’अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको बताए । उनले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै संघर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

‘देशलाई सकारात्मक दिशामा फर्काउन हामी सचेत, संगठित र आन्दोलित हुनु पर्ने आवश्यकता छ, राजनीति मात्र नभएर विकास निर्माण र जनजीविकाका सवालमा पनि एमालेले नेतृत्व गर्छ,’ उनले भने ।

अध्यक्ष ओलीले खस्कँदो अर्थतन्त्र, बेरोजगारी जस्ता कारणले युवा जनशक्ति पलायन हुने क्रम तीव्र बनेको धारणा राखे । ‘देश निर्माणका लागि युवा जनशक्तिलाई देशभित्रै राख्नु पर्छ, हाम्रो देश हामी आफैँले बनाउने हो, अरूले कसैले बनाइदिएर देश बन्दैन,’ उनले भने, ‘देशमै रोजगारीको सिर्जना र उद्यमशीलता विकास गर्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट