एसीसी यू–१९ : पहिलो खेलमा नेपाल पराजित-Sutra News

एसीसी यू–१९ : पहिलो खेलमा नेपाल पराजित

शुक्रबार, २२ मंसिर २०८०

शुक्रबार, २२ मंसिर २०८०

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ । नेपाल ७ विकेटले पराजित भएको हो ।



शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रन बनाएको हो ।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले २६.२ ओभर खेल्दै लक्ष्य पूरा गरेको हो । पाकिस्तानका लागि अजान अस्विनले ५६ र सस्दा बेगले ५० रन बनाए ।

नेपालका लागि उत्तम रंगु थापा मगरले सर्वाधिक ५१ रन बनाए भने दिपेश कँडेलले ३१ रन बनाए । नेपालका माथिल्लो क्रमका ब्याट्सम्यान चल्न सकेनन् ।

पाकिस्तानी टोलीका बलर मोहम्मद जिसन नेपालको ६ विकेट लिँदा नेपाली ब्याटिङ लाइन कमजोर बन्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट