जनतासँग जोड्न सकेमात्र कांग्रेस परिवर्तन हुन्छ : डा. कोइराला-Sutra News

जनतासँग जोड्न सकेमात्र कांग्रेस परिवर्तन हुन्छ : डा. कोइराला

शनिबार, २३ मंसिर २०८०

शनिबार, २३ मंसिर २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताएका छन् । चितवन–काठमाडौं प्रजातान्त्रिक सङ्गमको ३३ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउन जनतामाझ जानु पर्ने बताए ।



‘देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो, कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन, कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ,’ डा. कोइरालाले भने । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चितवनको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

डा. कोइरालाले कांग्रेस एक्लै चुनाव लडेत्रमात्र बलियो पार्टी बन्ने दाबी गरे । ‘जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैन तबसम्म पार्टी झन्झन कमजोर हुँदै जान्छौँ,’ उनले भने ।

नेता कोइरालाले देशको आर्थिक स्थिति विदेशीसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे । उनले स्वदेशमा अध्ययन र काम गर्ने वातावरण नभएकाले गत वर्षमात्र प्लस टु पढेर एक लाख २७ हजार विद्यार्थी विदेश गएका भन्दै उक्त युवा शक्तिलाई स्वदेशमा रोक्नका लागि सरकारले ठोस कार्यक्रम अगाडि सार्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट