कांग्रेस सांसद साहुको घरबाट पाँच अर्ब नगद फेला, पैसा गन्न ४० मेसिनको प्रयोग-Sutra News

कांग्रेस सांसद साहुको घरबाट पाँच अर्ब नगद फेला, पैसा गन्न ४० मेसिनको प्रयोग

शनिबार, २३ मंसिर २०८०

शनिबार, २३ मंसिर २०८०

काठमाडौं । भारतीय प्रहरीले कांग्रेसका सांसद धीरज साहु र उनीसँग जोडिएका धेरै स्थानहरूमा छापा मारेको थियो । यस क्रममा प्रहरीले तीन अर्ब भारु अर्थात चार अर्ब ८० करोड रुपैयाँ नगद बरामद गरेको छ ।



शनिबारसम्म आयकर विभागले कांग्रेस सांसद साहु र तिनका नजिकका सहयोगीहरू रहेको झारखण्ड, ओडिसा र पश्चिम बंगालका तीन राज्यहरूको १० स्थानमा छापा मारेको थियो । कर छलीको अभियोगमा पहिलोपटक मंसिर ६ गते उनको घर, कार्यालय र कारखानामा छापा मारिएको थियो ।

धीरज झारखण्डका राज्यसभा सदस्य हुन् । आयकर अधिकारीहरूका अनुसार यो एकै कारबाहीमा बरामद भएको अहिलेसम्मकै ठूलो रकम हो । समाचार एजेन्सी एएनआईका अनुसार यो नगद उनको घरबाट बरामद गरिएको हो ।

अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले विभागले लगातार तीन दिनसम्म छापा मारेको जनाएको छ । पीटीआईका अनुसार नोटहरू गणना गर्न करिब तीन दर्जन काउन्टिङ्ग मेसिनहरू तयार गरिएको छ ।

मेसिनको संख्या कम भएकाले नोट गणनाको काम सुस्त गतिमा भइरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट