२६५ बालिगमाथि यौन दुर्व्यवहार गर्ने अमेरिकी डाक्टर, अन्तमा १७५ वर्षको जेल सजाय पाए-Sutra News

२६५ बालिगमाथि यौन दुर्व्यवहार गर्ने अमेरिकी डाक्टर, अन्तमा १७५ वर्षको जेल सजाय पाए

शनिबार, २३ मंसिर २०८०

शनिबार, २३ मंसिर २०८०

काठमाडौं । सन् १९९६ मा ल्यारी नासार नामका व्यक्ति अमेरिकी जिम्न्यास्टिक राष्ट्रिय टोलीको मेडिकल स्टाफमा एथलेटिक प्रशिक्षकका रूपमा सामेल भए ।



जिम्न्यास्टिकको क्रममा केटीलाई चोट लागेमा वा अभ्यासको क्रममा केटी बिरामी पर्दा ल्यारीले उनको उपचार गर्थे । विस्तारै, ल्यारीले उपचारको बहानामा केटीहरूसँग मित्रता गर्न थाले ।

करिब १९ वर्षपछि उनले आफ्नो पदबाट राजीनामा दिए । त्यसबेलासम्म उनले २६५ नाबालिगमाथि यौन दुर्व्यवहार गरिसकेका थिए ।

राजीनामापछि एकपछि अर्को गर्दै केटीहरूले ल्यारीमाथि यौन शोषणको आरोप लगाए । पीडितहरूले यौन हिंसाका अलावा ल्यारीले आफूमाथि दुर्व्यवहार गरेको र अश्‍लिल तस्बिर खिचेको बताए ।

तर, ल्यारी सन् २०१६ मा पहिलोपटक चर्चामा आए । जब एक पत्रिकाले उनको विरुद्धमा रिपोर्ट प्रकाशित गरेको थियो । रिपोर्टअनुसार ल्यारीलाई दुई जिमनास्टिकले यौन दुर्व्यवहारको आरोप लगाएका थिए । तीमध्ये एकले ल्यारीले आफूलाई १५ वर्षकी हुँदा यौन दुर्व्यवहार गरेको आरोप लगाए ।

जिमनास्टिक रेचेल डेनहोल्यान्डर सन् २०१७ मा ल्यारीको दुष्कर्मबारे खुला बयान दिने पहिलो केटी थिइन् । यसपछि नोभेम्बर २०१७ मा ओलम्पिक स्वर्ण पदक विजेता एली रइसम्यानले ६० मिनेटको अन्तर्वार्ता दिइन् । यस क्रममा उनले भनिन्, ‘नासारले यौन शोषण गरेको थियो, त्यतिबेला म जम्मा १५ वर्षकी थिएँ ।’

एकपछि अर्को घटना सार्वजनिक भएपछि प्रहरीले सन् २०१६ मा ल्यारीलाई पक्राउ गरेको थियो । उनलाई बाल पोर्नोग्राफीको आरोप लगाइयो ।

यस्तै, यौन अपराधी घोषित गरियो । उनलाई तीन वटा अदालतहरूले फरक-फरक सजाय सुनाए । कसैले ६० वर्षा कसैले १७५ वर्ष जेल बस्नु पर्ने सजाय सुनाइएको थियो । अन्तमा उनी बाँचुञ्जेल कैद बस्नु पर्ने भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट