आज वृश्चिक राशीलाई शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज वृश्चिक राशीलाई शुभ, तपाईंको दिन कस्तो ?

आइतबार, २४ मंसिर २०८०

आइतबार, २४ मंसिर २०८०

आज मिति २०८० साल मंसिर २४ गते आइतबार । तदनुसार डिसेम्बर १० तारिख २०२३ मार्ग कृष्ण पक्ष त्रयोदशी तिथि । आज बिहान ६ बजेर ४३ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर ९ मिनेटमा अस्ताउने छ ।



मेष

परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने छ।

वृष

व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ। समयको सदुपयोग गर्न नसकिएला।

मिथुन

अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

कर्कट

नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ।

सिंह

आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ। तर खर्च बढ्ने छ। आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।

कन्या

विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले प्रसन्नता दिलाउने छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउने छ।

तुला

अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पनि दुस्ख पाइने छ।

वृश्चिक

आय स्रोत राम्रो हुनाले मनग्य धन सञ्चय हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।

धनु

विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

मकर

समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

कुम्भ

अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। काम रोकिनाले आयस्रोत समेत कमजोर बन्न सक्छ।

मीन

आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। नियमविपरीत बलजफ्ती गर्ने बानीले समस्या आइपर्ला। कर्जामार्फत धन जुट्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट