काठमाडौं । दुबईमा जारी एसीसी यू–१९ एसिया कपमा आज नेपालले अफगानिस्तानको सामना गर्ने भएको छ ।
प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई जिवित राख्न दुवै टिमलाई जित्नै पर्ने दबाबमा छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । यस्तै, अफगानिस्तान भारतसँग सात विकेटले नै पराजित भएको थियो ।
खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुने छ । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग खेल्ने छ ।