काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार सुनको मूल्यमा १३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य एक लाख १७ हजार ५०० रुपैयाँ कायम गरिएको छ । शुक्रबार एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुनको मूल्य एक लाख १६ हजार ९५० रुपैयाँ कायम भएको छ । शुक्रबार एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य एक हजार ४२५ रुपैयाँ तोकिएको छ । चाँदी शुक्रबार एक हजार ४६० रुपैयाँमा कारोबार भएको थियो ।