काठमाडौं । शेयर कारोबार नेप्सको बजार खुल्नासाथ ७४ अंकले वृद्धि भएको छ । लामो समयदेखि सुधार हुन नसकेको नेप्से साताको पहिलो कारोबार आइतबार बजार खुल्नासाथ ७४.२० अंकले वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकले परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई सहजीकरण गर्ने जनाएसँगै कारोबारमा उछाल आएको हो ।