काठमाडौं । यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानविरुद्ध टस जितेर पहिले बलिङ गरेको छ ।
यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको हो ।
दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले आइतबार जित्नै पर्ने दबाबमा छन् । यो खेलमा विजयी हुने टोलीको सेमिफाइनल सम्भावना जितिव रहने छ ।