अमेरिकामा सामान्य बन्यो गाेली आक्रमणका घटना, एक वर्षमा साढे छ सयले गुमाए ज्यान-Sutra News

अमेरिकामा सामान्य बन्यो गाेली आक्रमणका घटना, एक वर्षमा साढे छ सयले गुमाए ज्यान

आइतबार, २४ मंसिर २०८०

आइतबार, २४ मंसिर २०८०
फाइल तस्बिर

काठमाडौं । संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।



एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाएअनुसार आक्रमणमा परेका २० वर्षीय तीन जना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुर्‍याइएको छ ।

घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहार बारे अनुसन्धान जारी रहेको उल्लेख छ ।

तर, भयावह बन्दै छ अवस्था

अनुसन्धान समूह ‘गन भाइलेन्स आर्काइभ’ले जनाए अनुसार अमेरिकामा यस वर्ष डिसेम्बर ९ सम्ममा मात्रै ६३४ जना सामूहिक गोली आक्रमणको शिकार बनेका छन् । जुन बढ्दो क्रममा देखिन्छ ।

अनुसन्धान समूहको रिपोर्टअनुसार अमेरिकामा गोलिबारीका घटना सामान्य जस्तै बन्न थालेका छन् । अनियन्त्रित हतियारको बिगबिगीको कारण पछिल्लो अवस्था देखिएको बताइएको छ । तर, सरकार यसबारे भने मौन छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट