जाडोमा ओठका लागि कुन लिपस्टिक ?-Sutra News

जाडोमा ओठका लागि कुन लिपस्टिक ?

आइतबार, २४ मंसिर २०८०

आइतबार, २४ मंसिर २०८०

बदलिँदो मौसमसँगै तपाईले आफ्नो स्किनमा जति ध्यान दिनुपर्छ, त्यति नै आफ्नो ओठको पनि ख्याल गर्नुपर्छ । साैन्दर्यका धेरै सामानहरू माैसम अनुकुल नै हुन्छ । तर, धेरै महिलाहरु माैसमअनुसार साैन्दर्यका सामानहरू प्रयाेग गर्न जाँदैनन् । जसकाे कारण छालासम्बन्धी समस्यामा पर्दछन् ।



आजको फेसन ट्रेन्डमा, म्याट लिपस्टिकको धेरै प्रयोग भइरहेको छ । तर, चिसो मौसममा यो यस्ताे लिपस्टिकले तपाईको ओठलाई काेमल हाेइन सुख्खा बनाउन सक्छ । यस्तो लिपस्टिक लगाउनाले ओठमा थप समस्या देखिन्छ ।

जाडोको लागि कुन लिपस्टिक ?

साटिन लिपस्टिक: साटिन लिपस्टिक जाडोको लागि सबैभन्दा उत्तम लिपस्टिक हो। साटिन लिपस्टिक बनावटमा लिप बाम जस्तै हुन्छ, जसले तपाईंको ओठमा हल्का रङ छोड्छ। यो जाडो मौसममा तपाईंको ओठको लागि उपयुक्त छ। यसले ओठलाई हाइड्रेटेड राख्छ।

क्रीमी लिपस्टिक: क्रिमी लिपस्टिक, नामले नै ओठकाे लागि उपयुक्त लिपिस्टिक हाे । जाडोको लागि यो सबैभन्दा धेरै राम्रो विकल्प हो। क्रीमयुक्त लिपस्टिकले ओठ फुट्न दिँदैन र ओठ नरम बनाइरहन यसले मद्दत गर्छ । यसमा पहिले नै प्रचुर मात्रामा ओठको तेल हुन्छ जसले ओठलाई हाइड्रेट गर्न मद्दत गर्दछ।

यदि तपाइँ लिपस्टिक लगाउन मन पराउनुहुन्छ भने तपाइँ म्याट लिपस्टिकमा लिप ग्लोस प्रयोग गर्न सक्नुहुन्छ । यसो गर्नाले तपाइँको ओठ सुख्खा देखिने छैन र तपाइँ नयाँ लुक पनि पाउनुहुनेछ।

घरमै हेरचाह कसरी गर्ने ?

जाडोमा तपाईंले आफ्नो ओठको विशेष ख्याल राख्नुपर्छ किनभने ओठ धेरै नरम हुन्छ । यदि तपाईं आफ्नो ओठलाई सुख्खा हुनबाट जोगाउन चाहनुहुन्छ भने सकेसम्म धेरै पानी पिउनुपर्छ।

प्रसस्त मात्रामा पानी पिउनाले ओठलाई चिसो राख्छ। यसबाहेक, आफ्नो ओठलाई सधैं मोइस्चराइज राख्न राति सुत्नुअघि तोरीको तेलले ओठमा मालिस गर्नुहोस् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट