लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा घट्यो शेयर बजार-Sutra News

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा घट्यो शेयर बजार

सोमबार, २५ मंसिर २०८०

सोमबार, २५ मंसिर २०८०

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । १५.४० अंकले बजार घट्दै १९४८.५७ को बिन्दुमा बजार ओर्लिएको छ ।



बजार घटेपनि कारोबार रक मभने पाँच महिना यताकै उच्च भयो । सोमबार एक करोड ४६ लाख ९८ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब ८४ करोड २७ लाख रुपैयाँ बराबरको रह्यो ।

यसअघि आइतबार बजार उच्च अंकले बढेको थियो । तर, सोमबार लगानीकर्ता नाफा सुरक्षित गर्न खोज्दा बजार घटेको देखिन्छ । सोमबार किन्नेभन्दा बेच्ने धेरै देखिएका थिए ।

घटेको बजारमा २४१ कम्पनीमध्ये ८१ कम्पनीको मूल्यमा बृद्धि भयो भने १५७ कम्पनीको मूल्य भने घट्यो । तीन कम्पनीको मूल्य भने स्थिर रह्यो ।

समग्रमा बजार घटेपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (तराई), सामुदायिक लघुवित्त र डोल्टी पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन हाथवे इन्भेष्टमेन्ट कम्पनी, इन्फिनिटी लघुवित्त र मानुषि लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको समता घरेलु लघुवित्तको शेयरमूल्य भने यस दिन सर्वाधिक ७.१५ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट