काेभिड लागेका व्यक्तिलाई जुनसुकै बेला पनि देखिन सक्छ फाेक्साेमा समस्या !-Sutra News

काेभिड लागेका व्यक्तिलाई जुनसुकै बेला पनि देखिन सक्छ फाेक्साेमा समस्या !

सोमबार, २५ मंसिर २०८०

सोमबार, २५ मंसिर २०८०

एक पटक काेभिडकाे संक्रमित भएका व्यक्ति फेरि पनि संक्रमित हुनसक्ने कुरा अध्ययनले देखाएकाे छ । बेलायतमा गरिएकाे एक अध्ययनमा संक्रमितले निकाे भएकाे अनुभूत गरेपनि भाइरस भने रहिरहने देखिएकाे हाे ।



नेचर इम्युनोलोजी जर्नलमा प्रकाशित अध्ययनले कोभिड भाइरसको निरन्तरता जन्मजात रोग र प्रतिरोधात्मक क्षमताको विफलतासँग जोडिएको देखाएको छ।

काेभिडबाट संक्रमित भएको एकदेखि दुई हप्तापछि भाइरस सामान्यतया: माथिल्लो श्वासप्रश्वास नलीमा पत्ता लगाउन सकिँदैन।

तर, कतिपय भाइरस संक्रमण भइसकेपछि गोप्य र अज्ञात रुपमा शरीरमा रहन्छन् । माथिल्लो श्वास नली वा रगतमा पत्ता नलागेको भए तापनि तिनीहरू भाइरल जलाशयको रूपमा चिनिने ठाउँमा रहन्छन्।

काेभिड भाइरसकाे शैली एचआईभी भाइरसकाे शैलीमा रहने गरेकाे अध्ययन देखाएकाे छ । यी भाइरस कुनै पनि समयमा पुन: सक्रिय हुनसक्ने जनाइएकाे छ ।

अध्ययनमा संलग्न वैज्ञानिकहरूले काेभिडकाे संक्रमण भएका व्यक्तिले २ वर्षसम्म नै स्वास्थ्यकाे विशेष हेरचाह गर्नुपर्ने निष्कर्ष निकालेकाे छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट