के.बि.एल सेक्यूरिटिजकाे औपचारीक रुपमा धितोपत्र कारोबार सुरू-Sutra News

के.बि.एल सेक्यूरिटिजकाे औपचारीक रुपमा धितोपत्र कारोबार सुरू

सोमबार, २५ मंसिर २०८०

सोमबार, २५ मंसिर २०८०

काठमाडाैं । के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार सुरूवात गरेको छ । कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले यस कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरेका हुन् ।



उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज तथा कुमारी बैंकका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

कारोबार सुरूवात गरेसँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरेका छन् ।

के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्ड बाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट