बहुआयामिक कृषि सहकारीको पन्ध्रौं साधारण सभा सम्पन्न-Sutra News

बहुआयामिक कृषि सहकारीको पन्ध्रौं साधारण सभा सम्पन्न

सोमबार, २५ मंसिर २०८०

सोमबार, २५ मंसिर २०८०

काठमाडौं । हालै बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्था लि. को पन्ध्रौं वार्षिक साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।



स्यम्भु, काठमाडौंमा आयोजित सो साधारण सभामा लेखा परिक्षण प्रतिवेदन, आ.व. २०७९/०८० को आय व्यय विवरण समेत पारित भएको छ । साधारण सभाले आगामी आ.व. २०८०/०८१ को अनुमानित बजेट सम्बन्ध हुँदै लेखा परिक्षक नियुक्ती नीजको पारिश्रमिक तोक्ने सम्बन्ध सहित विविध विषयहरु साधारण सभामा पारित भएको छ ।

नागार्जुन, सितापाइला, काठमाडौंमा रहेको सो सहकारीको चालु आ.व.मा शेयरपूँजी ३ करोड ६८ लाख २९ हजार २ सय रुपैयाँको भएको छ भने जगेडाकोष १ करोड ५५ लाख १० हजार ५७ रुपैयाँको हुन आएको छ ।

सहकारीको निक्षेप दायित्व १९ करोड ४८ लाख ८४ हजार ८ सय १३ रुपैयाँ ६५ पैसाको हुँदा चालु आ.व.मा कूल कारोबार ३४ करोड ८१ लाख १७ हजार ५ सय ९८ रुपैयाँको भएको छ ।

डा. वासुदेव त्रिपाठीको प्रमुख आतित्थ्यमा सम्पन्न सो साधारण सभामा समाज सेवी, साहित्यकार जनप्रतिनीधि समेतको सहभागीता रहेको थियो भने साधारण सभा संस्थाका अध्यक्ष ध्रुव प्रसाद खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट