काठमाडौं । म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि., गोगंबु, काठमाडौंको सोह्रौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
शनिवार सामाखुशी, काठमाडौंमा सम्पन्न सो साधारण सभाले लेखा समितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन हुँदै आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम समेत पारित गरेको छ । संस्थाको आगामी आ.व.को लागि हिसाव राख्न लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध लगायत विषयहरु साधारण सभामा पारित भएको छ ।
चालु आ.व.मा संस्थाको शेयरपूँजी ७ करोड ९२ लाख ९२ हजार ३ सय रुपैयाँको भएको छ भने बचत ४१ करोड १६ लाख २९ हजार ४ सय १९ रुपैयाँ ६७ पैसाको भएको छ । त्यसैगरि जगेडाकोष ७ करोड ७५ लाख ४४ हजार २ सय ४२ रुपैयाँ ६३ पैसाको भएको सो सहकारीको कर्जा व्याज आम्दानी ७ करोड १६ लाख २३ हजार ९ सय ८६ रुपैयाँ २ पैसाको भएको छ ।
विविध कारोवार गरि चालु आ.व.मा संस्थाको कूल कारोवार ६२ करोड ६० लाख २० हजार ९ सय ६८ रुपैयाँ ७८ पैसाको भएको छ । साधारण सभाले आगामी कार्यकालका लागि संचालक समिति अध्यक्षमा पुनः थदेवी पुनलाई अध्यक्षमा चयन गरेको छ भने म्याग्दी जिल्लाका जनप्रतिनीधि समाजसेवी लगायतको साधारण सभामा उपस्थिती रहेको थियो ।