नेप्सेमा उत्साह : ३६ अंकले बजार बढ्दा चार अर्ब बढीको कारोबार-Sutra News

नेप्सेमा उत्साह : ३६ अंकले बजार बढ्दा चार अर्ब बढीको कारोबार

मंगलबार, २६ मंसिर २०८०

मंगलबार, २६ मंसिर २०८०

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । मंगलबार ३६.८६ अंकले बढ्दै बजार १९८५.४४ को बिन्दुमा उक्लिएको छ । समग्रमा बजार १.८९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



उत्साहपूर्णरुपमा बढेको बजारमा कारोबार रकम पनि उच्च छ । मंगलबार एक करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब ३० करोड ९० लाख रुपैयाँ बराबरको भयो ।

मंगलबार नेप्सेका सबै समूहमा हरियाली छाउँदा सबैभन्दा धेरै होटल तथा पर्यटन क्षेत्रमा उत्साह देखियो । होटल तथा पर्यटन क्षेत्रमा ४.३३ प्रतिशतले बद्धि हुँदा हाइड्रोमा ३.३०, फाइनान्समा ३.२३ र लाइफ इन्स्योरेन्समा ३.०५ प्रतिशतले बृद्धि भयो । बैंकिङ्ग उपसमूहमा सबैभन्दा कम ०.२१ प्रतिशतले बृद्धि हुँदा अधिकांशमा १ प्रतिशतभन्दा बढीको बृद्धि भयो ।

मंगलबार कारोबारमा आएका २४२ कम्पनीमध्ये २१४ कम्पनीको मूल्य बढ्यो भने २४ कम्पनीको मूल्य घट्यो । चार कम्पनीको मूल्य भने यसअघिकै कायम भयो ।

बोटलर्स नेपाल लिमिटेड, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिका मिडिया लिमिटेड र सोनापुर मिनरल्सको मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य सात कम्पनीको मूल्य नौ प्रतिशतभन्दा बढीको बृद्धि भयो ।

मंगलबार सिवम् सिमेन्ट, सोनापुर मिनरल्स, रिलायबल नेपाल इन्स्योरेन्सलगायतको कारोबार उच्च रह्यो ।

आइतबार उच्च अंकले बढेको बजार सोमबार केही सुस्ताएको थियो । तर, मंगलबारको बृद्धिसँगै बजारमा थप उत्साह छाउने आशा पलाएको छ । मौद्रिक नीतिको समिक्षासँगै लगानीकर्तामा देखिएको उत्साहले बजारमा प्रभाव पारेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट