मेष राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

मेष राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

बुधबार, २७ मंसिर २०८०

बुधबार, २७ मंसिर २०८०

आज मिति २०८० साल मंसिर २७ गते बुधबार । तदनुसार डिसेम्बर महिनाको १३ तारिख २०२३ । मार्ग शुक्ल पक्ष प्रतिपदा तिथि आज बिहान ६ बजेर ४५ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर १० मिनेटमा अस्ताउने छ ।



मेष

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।

वृष

काममा केही चुनौती देखिनेछन् र सोचेको फाइदा उठाउन समय लाग्नेछ। पेसा–व्यवसायमा प्रतिस्पर्धी बढ्न सक्छन्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्।

मिथुन

परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्।

कर्कट

नियमित काम सम्पादन भए पनि विशेष योजना अड्किन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्ने समय छ। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

सिंह

फाइदा भए पनि प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। केही विवादास्पद जिम्मेवारी आउनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्।

कन्या

ढिलासुस्तीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला।

तुला

समयमा सजग नहुँदा महत्त्वाकांक्षी योजना बिग्रन सक्छ। व्यवहारमा केही चुनौती देखा पर्नेछन् भने अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्।

वृश्चिक

समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला।

धनु

मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

मकर

सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तापनि सहयोगीहरूले हिम्मत दिलाउनेछन्। मिहिनेतले काम सम्पादन हुनेछ।

कुम्भ

अस्वस्थताले काममा जुट्न नसकिए पनि सहयोगीहरूले साथ दिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

मीन

शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। अध्ययनमा समय दिन नसकिएला।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट