काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । लगातार घटेको सुनको मूल्य बुधबार ३०० रुपैयाँले घटेको हो ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य एक लाख १६ हजार रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुनको मूल्य एक लाख १५ हजार ४५० रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य एक हजार ४०० रुपैयाँ तोकिएको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य १० रुपैयाँले गिरावट आएको हो ।