काठमाडौं । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९–८० मा १७७ उद्योग बन्द भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९–८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८–७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहको भनाइ थियो ।
घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९–८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए । आव २०७८–८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए ।
आव २०७९–८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजी वृद्धि, ३३ वटाको ठाउँ सारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ ।
आर्थिक वर्ष २०७९–८० मा एक करोड ६ लाख ३९ हजार २५० राजस्व संकलन भएको थियो । उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताए ।