काठमाडौं । यू-१९ एसिया कप खेलेर नेपाली टोली बुधबार स्वदेश फर्किँदै छ । यूएईमा खेल्न गएको नेपाली टोली राति ९ बजे स्वदेश आइपुग्ने छ ।
नेपालले यू-१९ एसिया कपको समूह ‘ए’मा टेष्ट मान्यता प्राप्त भारत, पाकिस्तान र अफगानस्तानसँग प्रतिस्पर्धा गरेको थियो । जसमा सबै खेलमा हार ब्योहोरेको थियो ।
नेपालले पाकिस्तानसँग ७ विकेट, दोस्रो खेलमा अफगानस्तानसँग ७३ रन र अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएको हो ।