झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट-Sutra News

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

बुधबार, २७ मंसिर २०८०

बुधबार, २७ मंसिर २०८०

काठमाडौं । शेयर बजार नेप्से २.६ अंकले बढेको छ । योसँगै बजार १९८८ अंकमा कायम भएको छ ।



अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ । मंगलबार चार अर्ब ३० करोड रुपैयाँको कारोबार हुँदा बुधबार तीन अर्ब ९० करोडको कारोबार भएको छ ।

बुधबार कूल १३४ कम्पनीको मूल्य बढ्दा सय कम्पनीको घट्यो । यस्तै, ७ वटाको स्थिर रह्यो । आज सबैभन्दा धेरै विकास बैंक समूहको १.१ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६ प्रतिशतले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, अरुण काबेली पावर सबैभन्दा अगाडि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट