भारतकाे लाेकसभामा बैठकमा अपरिचित व्यक्ति छिरेपछि…-Sutra News

भारतकाे लाेकसभामा बैठकमा अपरिचित व्यक्ति छिरेपछि…

बुधबार, २७ मंसिर २०८०

बुधबार, २७ मंसिर २०८०

काठमाडाैं । भारतकाे लाेकसभा बैठकमा बुधबार एक अपरिचित व्यक्तिले हंगामा मच्चाएका छन् । दर्शक दिर्घामा छिरेका ति व्यत्तिले भाजपा सांसद खगेन मुर्मुले लोकसभामा आफ्नो धारणा राखिरहेका बेला सदनकाे बेन्चबाट निस्किएर अवराेध गरेका थिए ।



ति व्यक्तिले मुर्मुले धारणा राखिरहेकै बखत सदनको बेन्चमा उफ्रिएर अवराेध गरेका थिए । बेन्चमा उफ्रिएपछि ति व्यक्तिले हलमा स्प्रे गरे, जसका कारण हलभर पूरै पहेँलो धुवाँ फैलिन थाल्यो ।

पुरै हलमा अशान्तिको माहौल बन्याे । सांसदहरूमा भागदाैड मच्चियाे । त्यहीबीच केही सांसदहरुले ती युवालाई समात्न सके ।

कांग्रेस सांसद गुरजित सिंह औजलाले ति युवालाई समातेका थिए । कतिपयले उनलाई कुटपिट समेत गरेका थिए । त्यसपछि उनलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको थियो । यो घटनापछि संसद बैठक केही बेरका लागि स्थगित भएकाे थियाे ।

यसअघि सन् २००१ डिसेम्बर १३ मा पुरानो संसद भवनमा ५ आतङ्ककारीले आक्रमण गरेका थिए । जसमा दिल्लीका ५ प्रहरीसहित ९ जनाको मृत्यु भएको थियो ।

चार जना पक्राउ

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार संसदमा प्रवेश गरी हंगामा गर्ने युवककाे नाम सागर हाे । बताइएअनुसार संसदमा दुइ युवा छिरेका थिए । जसमध्ये एकले अवराेध गरेका थिए भने अर्काे सहयाेगी बनेका थिए ।

बताइअनुसार त्यही समयमा एक पुरुष र एक महिलाले हल बाहिर पनि नाराबाजी मच्चाएका थिए । बाहिर नाराबाजी गर्ने उनीहरुको नाम अमोल र नीलम भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुको साथबाट कुनै फोन वा झोला बरामद भएको छैन । बाहिरबाट पक्राउ परेका दुवैजना आफैं संसदमा पुगेको र कुनै पनि संगठनमा आबद्ध नभएको दाबी गरेका छन् ।

उनीहरूले ‘तानाशाही चल्दैन । संविधान बचाओ। मणिपुरलाई न्याय देउ। महिलामाथि हुने यातना जारी रहने छैन । भारत माता अमर हो। जय भीम, जय भारत।’ भन्दै नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट