आजको राशिफल : तपाईंको दिन कस्तो ?-Sutra News

आजको राशिफल : तपाईंको दिन कस्तो ?

बिहिबार, २८ मंसिर २०८०

बिहिबार, २८ मंसिर २०८०

आज मिति २०८० साल मंसिर २८ गते बिहीबार । तदनुसार डिसेम्बर १४ तारिख २०२३ । मार्ग शुक्ल पक्ष द्धितीया तिथि । आज बिहान ६ बजेर ४५ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर १० मिनेटमा अस्ताउने छ ।



मेष

अध्ययनमा उत्साह जगाउने छ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइने छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

वृष

प्रतिस्पर्धामा पनि विजयी भइने छ। चुनौती चिर्दै काम बनाउन सकिने छ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्ने छन्। तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नु होला।

मिथुन

परिस्थितिसँग सम्झौता गर्नु पर्दा मन खिन्न रहने छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिने छ। बौद्धिक व्यक्तिहरूसँग अनावश्यक प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।

कर्कट

पहिलेका कमजोरी सच्याउने समय छ। भूमि तथा पशुधनबाट लाभ मिल्ने छ। टाढिएका आफन्त नजिकिने छन्। पछिका लागि काम गर्ने मौका छ। भेटघाटले उत्साह जगाउने छ।

सिंह

नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउने छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।

कन्या

अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नु पर्ला। महत्त्वपूर्ण काम बिग्रने डरले सताउन सक्छ।

तुला

अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले पनि सताउने छ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ।

वृश्चिक

दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइने छ। तारिफ योग्य कामले प्रशंसक बढ्ने छन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

धनु

उठ्नुपर्ने रकम हात लागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य आय आर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। पछिका लागि पनि सामान्य लगानी गर्न सकिने छ।

मकर

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्ने छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

कुम्भ

शक्तिको धाक देखाउनेहरू स्वतस् निहुरिने छन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले निकास पाउने छ। फजुल खर्च भने बढ्न सक्छ।

मीन

गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। पेसा–व्यवसायमा केही मन्दी आउन सक्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट