नेपाल सहकारीमा पुनः सिंहको नेतृत्व-Sutra News

नेपाल सहकारीमा पुनः सिंहको नेतृत्व

बुधबार, २७ मंसिर २०८०

बुधबार, २७ मंसिर २०८०

काठमाडौं । नेपाल सहकारी संस्था लिमिटेड बागबजार, काठमाडौंको अठ्ठाइसौं वार्षिक साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष राकेश कुमार सिंहद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।



बागबजार, काठमाडौंमा हालै सम्पन्न सो साधारण सभाले लेखा समितिको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखा परिक्षकको प्रतिवेदन तथा आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम समेत पारित गरेको छ । आगामी आ.व.को लागि लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध हुँदै विभिन्न विषयहरु साधारण सभामा पारित भएको छ ।

साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार चालु आ.व.मा संस्थाको शेयरपूँजी ४ करोड ३४ लाख ४० हजार रुपैयाँको भएको छ भने जगेडाकोष २ करोड ५७ लाख २२ हजार ८ सय १९ रुपैयाँ हुन आएको छ । निक्षेप १८ करोड १६ लाख ४१ हजार ८ सय ६ रुपैयाँ, चालु आ.व.मा भइरहँदा अन्य दायित्व १ करोड १४ लाख २७ हजार ९ सय ८ रुपैयाँको भएको छ ।

अन्य विविध कारोवार गरि चालु आ.व.मा संस्थाको कूल कारोवार २९ करोड १८ लाख ६७ हजार ४ सय ५९ रुपैयाँको हुन आएको छ । श्रम तथा रोजगार मन्त्री शरत सिंह भण्डारीको प्रमुख आतित्थ्यमा सम्पन्न सो साधारण सभाले आगामी कार्यकालको लागि संस्थाको अध्यक्षमा पुनः राकेश कुमार सिंहलाई चयन गरेको छ भने विभिन्न कार्यक्रम गरि साधारण सभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट