काठमाडौं । बिहीबार सूनको मूल्यमा भारी वृद्धि भएको छ । पछिल्लो चार दिनमा प्रतितोला २८ सयले घटेको सुनको मूल्य एकैदिन २८ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजावी सुन प्रतितोला एक लाख १८ हजार २८० रुपैयाँ कायम भएको छ । बुधबार एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, महासंघका अनुसार बुधबार चाँदी एक हजार ४५५ रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको हो ।