काठमाडौं । हिम बचत तथा ऋण सहकारी संस्था लि.ले हालै पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
धुम्वाराही, काठमाडौंमा सम्पन्न भएको सो साधारण सभाले संस्थाका अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्दै संस्थाका संयोजक, कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पनि पारित गरेको छ । आगामी आ.व. को लागि हिसाव किताब राख्न लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध हुँदै संस्था एकीकरण गर्ने सम्बन्ध लगायतका विषयहरु साधारण सभामा पारित भएको छ ।
कोटेश्वर, काठमाडौंमा संचालनमा रहेको सो सहकारीको चालु आ.व.मा शेयरपूँजी १ करोड ४५ लाख २ हजार ५ सय रुपैयाँको भएको छ भने जगेडाकोष १५ लाख ४८ हजार ९ सय ९८ रुपैयाँको भएको छ ।
संस्थाको बचत १ करोड ७८ लाख ३६ हजार २ सय १० रुपैयाँको हुँदा विविध कारोवार गरि चालु आ.व.मा संस्थाको कूल कारोवार ३ करोड ७७ लाख ६० हजार ८ सय ५८ रुपैयाँको हुन आएको छ । साधारण सभामा सहकारी अभियन्ताहरुलाई सम्मान गरिएको थियो भने संस्थाका अध्यक्ष संजय काफ्लेको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।