काठमाडौं । हालै मेट्रोभेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको चौधौं वार्षिक साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष राजु महर्जनद्वारा प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
टेकु, काठमाडौंमा हालै सम्पन्न सो साधारण सभाले लेखा परिक्षण प्रतिवेदन, आ.व. २०८०/०८१ को लागि लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध समेत पारित गरेको छ । आ.व. २०८०/०८१ को अनुमानित बजेट सम्बन्ध हुँदै विभिन्न विषयहरु साधारण सभामा पारित भएको छ ।
साधारण सभामा प्रस्तुत वासलात हिसाव अनुसार चालु आ.व.मा संस्थाको शेयरपूँजी १ करोड ६६ लाख ८१ हजार २ सय रुपैयाँको भएको छ भने जगेडाकोष ३२ लाख ५१ हजार ६ सय ४१ रुपैयाँ ३ पैसाको भएको छ ।
चालु आ.व.मा संस्थाको बचत १३ करोड ६५ लाख ८६ हजार ४ सय ६४ रुपैयाँ ६ पैसा हुँदा कूल कारोवार १६ करोड १२ लाख २३ हजार ७ सय ७८ रुपैयाँ ५३ पैसाको भएको छ । साधारण सभा अन्य विविध कार्यक्रम गरि सम्पन्न भएको थियो ।