जाडोमा हृदयघातको जोखिम उच्च, यस्तो छ कारण-Sutra News

जाडोमा हृदयघातको जोखिम उच्च, यस्तो छ कारण

बिहिबार, २८ मंसिर २०८०

बिहिबार, २८ मंसिर २०८०

काठमाडौं । मानिसको छाती दुख्ने समस्याहरू अनेक हुन सक्छ । दुखाईको अनुभव आआफ्नै हुन सक्छ । दुखाईको स्थिती, मान्छेको स्वास्थ्य अवस्था वा आनीबानीलाई आधार हुने गर्दछ ।



कतिपयलाई पेटमा ग्याँस भरिएर छाती दुखेको अनुभव हुन्छ भने कसैलाई निमोनियाको कारणले हुन्छ । फोक्सोको संक्रमण, आहार नलीमा समस्या, हड्डी वा मांशपेशीको कारणले पनि छाती दुख्छ । त्यसबाहेक हृदयघात हुन सक्ने अवस्थामा पनि छाती दुख्ने गर्दछ ।

हृदयघात हुनअघि सामान्य संकेत पाउन सकिन्छ । जस्तो सामान्य हिँडडुल गर्दा छाती दुख्नु, आरम गर्दा नदुख्नु, खलखल पसिना आउनु हृदयघातको लक्षण हुन सक्छ । तर, सबैलाई एकै प्रकारका लक्षण नहुन सक्छ ।

छाती दुखेर सास फेर्नमा असहज हुने, मुटुको धड्कन अनियमित भए नजिकको स्वास्थ्य केन्द्रमा जाँदा उचित हुन्छ ।

छाती दुखाई र हृदयघातको सम्बन्ध

यदि, मुटुसम्बन्धी रोग भएका विरामीले छाती दुख्नसाथ सजग हुन आवश्यक हुन्छ । जसमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टोरोलको समस्या भएका, परिवारमा कसैलाई हृदयघात भएमा त्यस्ता व्यक्तिमा जोखिम हुने गर्दछ । धेरै चुरोट खाने, रक्सी पिउने व्यक्तिलाई समेत हृदयघातको जोखिम उच्च हुने गर्दछ ।

यी लक्षणबाहेक अन्य सामान्य व्यक्तिहरूलाई पनि हृदयघात हुन सक्ने सम्भावना रहिरहन्छ । पुरुषको हकमा ४५ वर्षभन्दा माथि र महिलाको हकमा ५५ वर्षमाथिलाई पनि यो रोगको जोखिम हुन्छ ।

यस्तै, जाडो मौसममा हृदयघातको घटना बढी हुन्छ । यसो हुनुको प्रमुख कारण चिसोमा रक्त प्रवाहमा हुन सक्ने अवरोध हो । जाडोमा मुटुको नली वा धमनी खुम्चने र साँघुरिने हुन्छ भने रक्त प्रवाहमा अवरोध आउँछ । जसले गर्दा हृदयघात जोखिम उच्च हुन्छ ।

ग्याष्ट्रिकले वा चिसोले छाती दुखेको होला भनेर बस्दा पनि हृदयघातको जोखिम हुन सक्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट