१४० कम्पनीको मूल्य बढ्दा तीन अर्बमाथिको कारोबार-Sutra News

१४० कम्पनीको मूल्य बढ्दा तीन अर्बमाथिको कारोबार

बिहिबार, २८ मंसिर २०८०

बिहिबार, २८ मंसिर २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार बढेर बन्द भएको छ । बिहीबार ६.५५ अंकले बढ्दै बजार १९९४.६० को बिन्दुमा उक्लिएको छ ।



एकल अंकले बढेको भएपनि बिहीबार १४० कम्पनीको मूल्यमा बृद्धि भयो । ९१ कम्पनीको मूल्य घट्दा १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।
१४० कम्पनीमध्ये चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने छ कम्पनीको मूल्यमा नौ प्रतिशतभन्दा बढीले बृद्धि भयो ।

यसअघिको तुलनामा बिहीबार कारोबार रकम भने केही कम भयो । ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम तीन अर्ब १५ करोड १६ लाख रुपैयाँ हाराहारीको भयो । जुन यो साताकै कम कारोबारमा पर्दछ ।

बिहीबार यसअघि जस्तै सर्वाधिक सोनापुर मिनरल्सको कारोबार उच्च रह्यो । सोनापुरको चार लाख ४४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम १६ करोड चार लाख रुपैयाँको भयो ।

समग्रमा यो सातामा १४१.८३ अंकले बृद्धि भयो । जसमध्ये आइतबार मात्रै १११.२० अंकले बृद्धि भएको थियो ।

साताको अन्तिम कारोबार दिन पनि बृद्धि भएर बन्द हुनुले बजारमा थप सकारात्मक सन्देश प्रवाह भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट