सामूहिक सडक दुर्घटनामा १६ जनाको मृत्यु-Sutra News

सामूहिक सडक दुर्घटनामा १६ जनाको मृत्यु

बिहिबार, २८ मंसिर २०८०

बिहिबार, २८ मंसिर २०८०

काठमाडौं । भेनेजुएलाको एक राजमार्गमा सामूहिक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । घटनामा छ जना गम्भीर घाइते भएको स्थानीय अधिकारीले बुधबार बताएका छन् ।



काराकसलाई पूर्वसँग जोड्ने ग्रान मारिस्कल डे अयाकुचो राजमार्गमा भएको दुर्घटनामा हालसम्म १६ जना मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक जुआन गोन्जालेजले जानकारी दिए ।

अधिकारीका अनुसार केही समयअघि भएको दुर्घटनाका कारण रोकिएका कारको लाइनमा तीव्र गतिको ट्रकले ठक्कर दिँदा थप दुर्घटना भएको हो ।

जोखिम व्यवस्थापन तथा नागरिक उपमन्त्री कार्लोस पेरेज एम्पुएडाले दुर्घटनामा आठ जनाको मृत्यु भएको सूचना दिँदै मर्नेहरूको सङ्ख्या बढ्न सक्ने बताए । उनले दुर्घटनामा १७ वटा सवारी साधन ठोक्किएको जानकारी दिए ।

दुर्घटनाको समयमा भीषण आगलागी र धुवाँका मुस्लोका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । आगलागी भएका सबैजसो सवारी साधनहरू नियन्त्रणमा रहेको एम्पुएडाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट