अष्ट्रेलियामा बढ्यो बेरोजगारी-Sutra News

अष्ट्रेलियामा बढ्यो बेरोजगारी

बिहिबार, २८ मंसिर २०८०

बिहिबार, २८ मंसिर २०८०

काठमाडौं । नोकरीमा वृद्धि भए पनि अष्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ ।



अष्ट्रेलियान ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस)ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्यांकमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो ।

यद्यपि, अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अष्ट्रेलियालीहरूको संख्या ६१ हजारले बढेको एबीएसको आँकडामा उल्लेख छ । उक्त वृद्धिको भर्पाइ सहभागिता दरमा भएको वृद्धिबाट भएको छ र यसले कामकाजी उमेरको जनसंख्याको अनुपातलाई मापन गर्दछ ।

कार्यरत वा सक्रिय रूपमा कामको खोजीमा रहेका मानिसको संख्या अक्टोबरमा ६७ प्रतिशतबाट बढेर ६७ दशमलव दुई प्रतिशतको कीर्तिमानी स्तरमा पुगेको छ ।

एबीएसद्वारा बेरोजगारी दर गणना गर्नका लागि व्यक्ति कामविहीन हुनु पर्छ वा सक्रिय रूपमा नोकरीको खोजी गरेको हुनु पर्छ । एबीएसका अनुसार नोभेम्बरमा एक करोड ४२ लाख ६० हजार अष्ट्रेलियाली रोजगारीमा छन् । यो कामकाजी उमेरको जनसंख्याको ६४ दशमलव छ प्रतिशत हो ।

अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अष्ट्रेलियालीहरूको संख्या बढे पनि यो अवधिमा सबै नोकरीमा अष्ट्रेलियालीले काम गरेको घण्टाको कूल संख्या शून्य दशमलव एक प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट