काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ बढेकाे छ । बिहीबारकाे तुलनामा सुनको भाउ प्रतितोला तीन सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।