शाही परिवारको विराेध गरेकै कारण थाइल्यान्डकी महिला सांसदलाई जेल सजायँ-Sutra News

शाही परिवारको विराेध गरेकै कारण थाइल्यान्डकी महिला सांसदलाई जेल सजायँ

शुक्रबार, २९ मंसिर २०८०

शुक्रबार, २९ मंसिर २०८०

काठमाडाैं । थाइल्यान्डकी एक महिला सांसदलाई सामाजिक सञ्जालमा शाही परिवारविरुद्ध लेखेकै आधारमा जेल सजायँ भएकाे छ । सामाजिक सञ्जालमार्फत राजतन्त्रको विराेध गरेको आरोपमा सांसद रुक्चानोक श्रीनोकलाई ६ वर्षको जेल सजाय सुनाइएको हाे ।



सन् २०२० मा उनले सामाजिक सञ्जालमा दुईवटा पोष्ट गरेकी थिइन्, जसमा राजपरिवारकाे विराेध गरिएकाे थियो ।

रिपोर्टअनुसार श्रीनोकलाई राजा विरुद्ध दुर्भावनापूर्ण टिप्पणी गरेको र प्राविधिक अपराध ऐन उल्लङ्घन गरेकोमा दोषी ठहर्याइएकाे छ । यी दुवै आरोपमा उनलाई अदालतले तीन/तीन वर्षको जेल सजाय ताेकिएकाे सञ्चार माध्यमले जनाएका छन् ।

थाई वकिलहरू फर ह्युमन राइट्सले सञ्चार माध्यमलाई जनाएअनुसार श्रीनोकलाई सजाय दिइएका कारणहरूमध्ये एउटा सरकारको कोभिड-१९ भ्याक्सिन खरिदको आलोचना थियो । जसमा राजासँग जोडिएको एक औषधि कम्पनी समावेश थियो। दोस्रो पोस्टमा २०२० को विरोधको फोटोको रिट्वीट समावेश गरिएकाे थियाे । जसमा राजतन्त्र विरोधी मानिने सन्देशहरू समावेश थिए।

रुक्चानोक विपक्षी मुभ फर्वार्ड पार्टीकी सांसद हुन् । गत वैशाखमा भएको आम निर्वाचनमा मुभ फरवार्ड पार्टीले भारी जित दर्ता गरेको थियो । तर पनि यो पार्टीले सरकार बनाउन सकेन । यसको कारण पनि यी कानुन नै थिए । वास्तवमा चुनावी प्रचारका क्रममा यो पार्टीले देशको सबैभन्दा कडा कानुन लस्से महाराज परिमार्जन गर्ने कुरा गरेको थियो ।

यो उल्लेखनीय छ कि थाइल्याण्डमा संसारको सबैभन्दा कडा कानुन छ, जसमा राजा, रानी वा उत्तराधिकारीको आलोचना गरेमा अधिकतम १५ वर्षको जेल सजाय हुन्छ। थाइल्याण्डको फौजदारी संहिताको धारा ११२ अन्तर्गत दोषी ठहरिएमा दशकसम्मको जेल सजाय हुन सक्छ। पछिल्ला वर्षहरूमा धेरै मानिसहरूले यसको सामना गर्नु परेको छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट