युरेनियमको मूल्य १७ वर्षयताकै उच्च, एक पाउण्डको मूल्य कति ?-Sutra News

युरेनियमको मूल्य १७ वर्षयताकै उच्च, एक पाउण्डको मूल्य कति ?

शनिबार, ३० मंसिर २०८०

शनिबार, ३० मंसिर २०८०

काठमाडौं । आणविक ऊर्जामा नयाँ चासोको पृष्ठभूमिमा सीमित आपूर्ति र तीव्र मागका कारण युरेनियमको मूल्य शुक्रबार करिब १७ वर्षयताकै उच्च स्तरमा पुगेको छ ।



आणविक इन्धनको रूपमा प्रयोग गरिने युरेनियम अक्साइडको कारोबारका लागि महत्वपूर्ण मानिने सम्झौता जनवरी २००७ पछि पहिलोपटक एक पाउण्ड अर्थात् करिब ४५३ ग्रामको ८५.७५ डलर पुगेको छ ।

आणविक ऊर्जामा नयाँ चासोको कारण मागमा भएको वृद्धि र युक्रेनमा रूसको आक्रमणपछि तेल र ग्याँस आपूर्तिको बारेमा डरको कारण यो मूल्य वृद्धि कारकहरूको संयोजनको परिणाम हो ।

अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार सन् २०२१ मा आणविक ऊर्जाबाट करिब ७० प्रतिशत विद्युत् उत्पादन गर्ने फ्रान्सजस्ता आणविक ऊर्जामा अत्यधिक निर्भर मुलुकका लागि उच्च मूल्यले टाउको दुखाइको विषय बन्ने छ ।

फ्रान्स, बेल्जियम, बेलायत र रोमानियाले हालै धेरै अवरूद्ध पावर प्लान्टहरूको सञ्चालन र विस्तारको लागि अनुमति दिएका छन् । अमेरिकाको क्यालिफोर्नियाको पब्लिक युटिलिटीज कमिसन (सीपीयूसी)ले बिहीबार लस एञ्जलस नजिकैका दुई रिएक्टरको आयु पाँच वर्ष थप्नु स्वीकृति दिएको छ ।

विश्व आणविक संघ (डब्लुएनए)का अनुसार विश्वको सबैभन्दा ठूलो युरेनियम उत्पादक कजाकस्तानमा रहेको मागलाई आपूर्तिले सम्बोधन गर्न सकेको छैन । गत वर्ष विश्वव्यापी उत्पादनको ४३ प्रतिशत काजकस्तानले सम्बोधन गरेको थियो ।

डब्लुएनएका अनुसार सन् २०२२ मा विश्वभर करिब ५८ हजार टन युरेनियम निकालिएको थियो । गत वर्ष विश्वमा युरेनियम उत्पादनको चार प्रतिशत हिस्सा ओगटेको नाइजरमा हालै भएको सैन्य ’कू’बाट पनि वित्तीय बजार चिन्तित भएको छ ।

सबैभन्दा ठूलो भण्डार गृह क्यानडाको स्प्रोट हो । जसले जुनको अन्त्यसम्ममा लगभग २८ हजार टन युरेनियम भण्डारण गरेको छ । युरेनियमको बढ्दो माग पूरा गर्न अमेरिकी राज्य उटाहजस्ता स्थानहरू जस्तै विश्वभरिका पुराना खानीहरू पुनः खोलिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट