एकै वर्षमा अमेरिकामा घरबारविहीनको संख्या भारी वृद्धि-Sutra News

एकै वर्षमा अमेरिकामा घरबारविहीनको संख्या भारी वृद्धि

शनिबार, ३० मंसिर २०८०

शनिबार, ३० मंसिर २०८०

काठमाडौं । अमेरिकामा घरबारविहीन हुनेको संख्या यस वर्ष कीर्तिमानी स्तरमा पुगेको एक सरकारी प्रतिवेदनले देखाएको छ ।



अमेरिकी आवास तथा शहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर छ लाख ५३ हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

यो संख्या अघिल्लो वर्षको तुलनामा ७० हजार ६५० अर्थात् १२ प्रतिशत बढी हो र सन् २००७ मा तथ्यांक संकलन सुरु भएयताकै सबैभन्दा बढी हो । अफ्रिकी अमेरिकी कूल अमेरिकी जनसंख्याको १३ प्रतिशत छन् । घरबारविहीन भएका मध्ये ३७ प्रतिशत अफ्रिकी अमेरिकी रहेका छन् ।

सन् २०२२ देखि २०२३ को बीचमा पहिलो भाषाका रूपमा स्पेनी भाषा प्रयोग गर्ने भनेर पहिचान गर्ने व्यक्तिमा घरबारविहीन हुनेको संख्यामा २८ प्रतिशत अर्थात् ३९ हजार १०६ जनाले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१२ देखि घरबारविहीन अवस्थामा रहेका बालबालिकाको संख्या पनि १६ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । जनवरीमा घरबारविहीन भएका छ लाख ५३ हजार १०० मध्ये हरेक १० जनामा छ जना आश्रयस्थल वा अन्य अस्थायी आवासमा थिए ।

क्यालिफोर्नियामा सबैभन्दा धेरै एक लाख ८१ हजार ३९९, न्युयोर्कमा एक लाख तीन हजार २००, फ्लोरिडामा ३० हजार ७५६, वासिङ्टनमा २८ हजार ३६, टेक्सासमा २७ हजार ३७७ र ओरेगनमा २० हजार १४२ जना घरबारविहीन छन् ।

विशेषज्ञका अनुसार अमेरिकामा घरबारविहीनताको संकटलाई गरिबी, मानसिक स्वास्थ्य, लत र आवासको अभावलगायत धेरै कारकले बढावा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट