काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा हत्या गरिएका नवराज विकका परिवारले न्याय पाएको भन्दै धन्यवाद र्याली निकालेका छन् । ‘छोरा मरे, न्याय मरेन’ भन्दै उनीहरूले काठमाडौंका धन्यवाद सभासहित र्यालीको आयोेजना गरेको हो ।
भृकुटीमण्डपदेखि सुरु भएको र्याली बाजागाजासहित शान्तिबाटीका पुगेर समापन भएको थियो । विं.सं. २०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका बेला स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो । घटनामा अन्य १२ जना घाइते भएका थिए ।
जिल्ला अदालत, रुकुम पश्चिमले १९ मंसिरमा नवराजसहित ६ जनाको हत्यामा संलग्न भएको अभियोगमा २३ जनालाई जन्द कैदको सजाय सुनाएको थियो । धन्यवाद सभामा नवराजका बुबा मोहन विकले आफूले न्याय पाएको भन्दै खुसी व्यक्त गरे ।
अदालतको फैसलाले उचित न्यायको महसुस भएको भन्दै आफूहरूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएको बताए । उनले अदालतको फैसलापछि प्रहरी प्रशासनले आवश्यक समयमा सुरक्षा प्रदान गरिरहेको बताएका थिए ।