रुसले आगामी वर्ष सात वटा अन्तर महादेशीय मिसाइल प्रक्षेपण गर्ने-Sutra News

रुसले आगामी वर्ष सात वटा अन्तर महादेशीय मिसाइल प्रक्षेपण गर्ने

शनिबार, ३० मंसिर २०८०

शनिबार, ३० मंसिर २०८०
FILES-UKRAINE-RUSSIA-CONFLICT-US-ARMS-PATRIOT

काठमाडौं । रूसले सन् २०२४ मा सात वटा अन्तर महादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनीतिक योजना बनाएको रूसी मिसाइल फोर्सका रणनीतिक कमाण्डर लेफ्टीनेन्ट जनरल सर्गेई काराकायेभले शुक्रबार बताएका छन् ।



रुसबाट प्रकाशित रेड स्टारसँगको अन्तर्वार्तामा काराकायेभले पछिल्लो पाँच वर्षमा रूसी सेनाले प्ररीक्षण तथा तालिमका लागि २० वटाभन्दा बढी मिसाइल प्रक्षेपण गरेको बताए ।

काराकायेभले ओरेनवर्ग क्षेत्रको यास्नी पूर्वाधार प्रयोग गरी परीक्षण गरिएको बताउँदै आगामी वर्ष थप सात वटा प्रक्षेपण गर्ने योजना रहेको उल्लेख गरे ।

रूस तथा संयुक्त अमेरिकाबीच अन्तरदेशीय मिसाइल र पन्डुबीहरू प्रक्षेपणको योजनाका विषयमा सुचना आदानप्रदान जारी रहेको काराकायेभले बताए ।

उनका अनुसार रूस र अमेरिकाले एक अर्कोलाई प्रक्षेपणको विषयमा एक दिन अघि नै जानकारी प्रदान गर्ने प्रचलन रहेको छ । स्रोतका अनुसार पूर्व सोभियत सङ्घ तथा अमेरिकाबीच सन् १९८८ को सन्धिअनुसार क्षेप्यास्त्र परीक्षणको कम्तीमा २४ घण्टा अगाडि सूचना लिने दिने सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट