श्रीलंकामा अर्काे संकट : वर्षाका कारण हजाराैं विस्थापित-Sutra News

श्रीलंकामा अर्काे संकट : वर्षाका कारण हजाराैं विस्थापित

शनिबार, ३० मंसिर २०८०

शनिबार, ३० मंसिर २०८०
फाइल तस्बिर

काठमाडाैं । श्रीलङ्कामा यसै हप्ता खराब मौसमबाट सात हाजरभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।



विपद् व्यवस्थापन केन्द्रले शनिबार सार्वजनिक गरेको विवरण अनुसार शनिबार बिहानसम्म परेको अविरल वर्षाका कारण २ हजार २ सय ७१ परिवारका सात हजार ६१ जना प्रभावित भएका छन् ।

पानीको सतह बढ्दै गएपछि नदी आसपासका तल्लो भागमा बाढी आउने खतरा रहेको केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक सुदन्थ रणसिङ्घेले शनिबार कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा सम्भावित जाेखिम बढे प्रभावित क्षेत्रका मानिहरूलाई सुरक्षित क्षेत्रतर्फ लगिने छ।

यसैबीच, श्रीलङ्काको मौसम विज्ञान विभागले शनिबार साँझ पश्चिमी, सबरागामुवा, दक्षिणी, उत्तर-पश्चिमी र पूर्वी प्रान्तहरूमा भारी वर्षा जारी रहने र १०० मिलिमिटरभन्दा बढी भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट