आजको राशिफल : तपाईंको दिन कति शुभ ?-Sutra News

आजको राशिफल : तपाईंको दिन कति शुभ ?

आइतबार, १ पौस २०८०

आइतबार, १ पौस २०८०

आज मिति २०८० साल पुष १ गते आइतबार । तदनुसार डिसेम्बर १७ तारिख २०२३ । मार्ग शुक्ल पक्ष पञ्चमी तिथि । बिहान ६ बजेर ४७ मिनेट झुल्किएको घाम साँझ ५ बजेर ११ मिनेटमा अस्ताउने छ ।



मेष

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । लगानीमा जोखिम बढ्ने समय छ । गोपनीयता बाहिरिन सक्छ । समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइने छ ।

वृष

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । हतारमा निर्णय लिने बानीले काम दोहोर्याउनु पर्ने हुन सक्छ । घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ ।

मिथुन

रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । मिहिनेतले राम्रै प्रतिफल दिलाउने छ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिने छ ।

कर्कट

अस्वस्थताले कमजोरीको अनुभूति हुने छ । कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनु पर्ला ।

सिंह

परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्ने छ भने काम बिग्रने डरले सताउन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन् ।

कन्या

प्रयत्न गर्दा राम्रै अवसर जुट्ने छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउने छन् । रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

तुला

अवसर प्राप्त भए पनि नियम पालना गर्न नसक्दा पछि परिने छ । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहने छ ।

वृश्चिक

सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्ने छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।

धनु

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ । व्यवसायमा लगानी बढाउनु पर्ला । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ ।

मकर

भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आय आर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।

कुम्भ

मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।

मीन

साथ दिनेहरू नहुँदा दुःख पाइने छ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । समाजमा आलोचित बन्नुपर्ला । शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट