काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार २५० रुपैयाँ कायम भएको छ । शुक्रबार एक लाख १८ हजार ५५० रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ४५५ रुपैयाँ कायम भएको छ । शुक्रबारको तुलनामा चाँदीमा १५ रुपैयाँ घटेको हो ।